काठमाडौ । सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।
बलात्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अर्का युवक फरार भएका छन्।
सिरहा नगरपालिका-२२ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव पक्राउ परेका हुन्।
बलात्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए। करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।
किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ