एजेन्सी । बंगलादेशमा ४४ वर्षीया हिन्दु समुदायकी एकल महिलालाई सामूहिक बलात्कार गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बलात्कारपछि पनि उनलाई रुखमा बाँधेर कुटपिट गरिएको थियो। घटना बंगलादेशको झेनाइदाह जिल्लाको कालीगन्ज क्षेत्रमा भएको हो।
यस घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ र बाँकी आरोपितको खोजी भइरहेको छ। पीडितले सोमबार दिउँसो कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध जाहेरी दिएकी छन्।
तीममध्ये प्रहरीले ४५ वर्षका हसन नामका व्यक्तिलाई पक्राउ गरेको हो। उनी त्यही क्षेत्रस्थित एक गाउँका बासिन्दा हुन्। बलात्कारका बेला महिलाको कपाल काटिएको, कुटपिट गरिएको र सम्पूर्ण घटना मोबाइल फोनमा भिडिओ रेकर्ड गरिएको बताइएको छ।
आफन्तहरूलाई कोठामा थुनेर बलात्कार
प्रहरी र स्थानीय बासिन्दाका अनुसार, महिलाले करिब दुई वर्षअघि गाउँमा घर र जग्गा किनेकी थिइन्। उनले आरोपित साहिनका भाइबाट जग्गा किनेकी थिइन्। जग्गा किनेदेखि नै साहिनले उनलाई दुःख दिइरहेका थिए र उनीसँग पैसा मागिरहेका थिए ।
महिलाका दुई पुरुष आफन्त शनिबार साँझ उनलाई भेट्न आएका थिए। साहिन र हसन जबरजस्ती घरमा प्रवेश गरे। उनीहरूले महिलाका आफन्तहरूलाई एउटा कोठामा बन्द गरे र अर्को कोठामा लगेर उनलाई बलात्कार गरे।
त्यसपछि उनीहरूले महिला र उनका आफन्तहरूलाई घरबाट बाहिर निकाले, रुखमा बाँधे र अश्लील क्रियाकलाप गरेको झुटो आरोप लगाए। महिला आफ्नो १० वर्षीय छोरासँग बस्थिन्। स्थानीयले शनिबार राति उनलाई गम्भीर अवस्थामा फेला पारे र अस्पताल लगे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ पुस २०८२, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ