काठमाडाैँ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।
गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/सम्मेलन गर्ने निर्णय गरेका थिए ।सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन/सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।
यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।
एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना