एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १२ : ५५
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

काठमाडौँ। नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन्। संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को प्रस्तावमा उनलाई सर्वसम्मत रूपमा चयन गरिएको हो।

डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्य हुन्। पार्टीभित्रको सहमतिअनुसार उनलाई संसदीय दलको नेतृत्वको जिम्मेवारी दिइएको जनाइएको छ।

उनी नेकपा एमालेसँग सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन्। उक्त भूमिकासहित उनले पार्टीभित्र संगठनात्मक तथा किसानसँग सम्बन्धित विषयमा सक्रियता देखाउँदै आएका छन्।