सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, ११ : ५०
सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ  थियो । गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सोहि दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस