सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०८२, ११ : २२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस