काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेराबन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनको भनाइ छ ।
एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रतिशत मत ल्याएको बताए । महासचिव पोखरेलले एमालेले गठबन्धनका कारण ८९ सिटमा हारे पनि जनताको मत जित्न सकेको बताए । उनले माधव, झलनाथ र वामदेव नहुँदा पनि एमालेको जीतमा फरक नपरेको चर्चा गरे ।
महासचिव पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टीकारुपमा चल्न नसक्ने पनि बताए । उनले अहिले पनि कम्युनिष्ट एकताको अनुहार एमाले भित्र रहेको चर्चा गर्दै त्यस्तो अवस्था माओवादी र एकीकृत समाजवादीमा नभएको बताए । काँग्रेसको सरकार छाडेर आए र विगतका कमजोरीमा गल्ती भएको महशुस गरे मात्र माओवादी र समाजवादीसँग चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । संसद विघटन नेकपा भित्रैको संघर्षको कारण भएको पनि त्यसमा अध्यक्ष ओलीलाई मात्रै दोष दिन नमिल्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता?
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन