काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेराबन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनको भनाइ छ ।
एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रतिशत मत ल्याएको बताए । महासचिव पोखरेलले एमालेले गठबन्धनका कारण ८९ सिटमा हारे पनि जनताको मत जित्न सकेको बताए । उनले माधव, झलनाथ र वामदेव नहुँदा पनि एमालेको जीतमा फरक नपरेको चर्चा गरे ।
महासचिव पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टीकारुपमा चल्न नसक्ने पनि बताए । उनले अहिले पनि कम्युनिष्ट एकताको अनुहार एमाले भित्र रहेको चर्चा गर्दै त्यस्तो अवस्था माओवादी र एकीकृत समाजवादीमा नभएको बताए । काँग्रेसको सरकार छाडेर आए र विगतका कमजोरीमा गल्ती भएको महशुस गरे मात्र माओवादी र समाजवादीसँग चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । संसद विघटन नेकपा भित्रैको संघर्षको कारण भएको पनि त्यसमा अध्यक्ष ओलीलाई मात्रै दोष दिन नमिल्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल
नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ: महासचिव पोखरेल
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन : महासचिव पोखरेल