काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् ।
ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए।
महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए । उनले वडातहबाट काम सुरु भयो भने प्रत्यक्ष देखिनेसमेत बताए ।
महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा युवा र जनसंगठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल
नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ: महासचिव पोखरेल