रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, १५ : २८
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल

कैलाली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले माथी घेराबन्दी बढिरहेको भन्दै‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको बताए ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको निराशा, कुष्ठा र पपुलिज्मबाट जन्मिएको पार्टी भएको बताएका थिए । ‘अहिले उनीहरू एमालेविरुद्ध खनिएका छन्। तर अराजकता र पपुलिज्मको आयु लामो हुँदैन। आफूले गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दै प्रचार गर्नु भ्रामक हो’, उनले भने ।

उनले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा ल्याउन खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गर्दै माओवादी केन्द्रले गम्भीर गल्ती गरेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस