काठमाडौँ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। बुधबार उनले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेश गरेका हुन्।
आयोगमा पेश गरिएको विवरण अनुसार, मतदाता नामावली खरिदमा ५० हजार रुपैयाँ, सवारी साधनमा ३ लाख ५० हजार रुपैयाँ, र सवारी इन्धनमा ३ लाख रुपैयाँ खर्च भएको उल्लेख छ। प्रचार–प्रसार सामग्रीमा १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार, अन्य प्रचार–प्रसार, छापा तथा विद्युतीय माध्यममा २ लाख, कार्यालय सञ्चालनमा १ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख, र विविध खर्चमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
योसँगै उनको कुल चुनाव खर्च १७ लाख रुपैयाँभन्दा बढी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत