काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषयमा पार्टीका सम्बन्धित फोरममा छलफल गर्नुपर्ने बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पार्टीको विधानमाथि छलफल गर्ने बेला भएकोले त्यसमा केन्द्रित भएर छलफल गर्न आग्रह गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधानको तीन महल छलफलका लागि तलका कमिटीमा पठाइएकोले त्यसमा छलफल गरी आवश्यक सुझाव दिन आग्रह गरे । पार्टी कमिटी भन्दा बाहिर रहेका नेकपा एमालेका जिम्मेवार कार्यकर्ता र सदस्यलाई विधान संशोधन माथिको छलफलमा सहभागी भई सुझाव दिने वातावरण तयार गर्न उनले निर्देशन दिए । त्यसका लागि प्रदेश र पार्टीका जिल्ला कमिटीको भूमिका प्रमुख हुने उनले स्पष्ट पारे ।
उनले सभामुख भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कने र राष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कुरा फरक भएको पनि बताए । सभामुखको कुरा पार्टी सदस्यता स्थगन तर राष्ट्रपतिले भने सङ्गठित सदस्यता परित्याग गर्ने भएकोले राष्ट्रपति कुनै पार्टीमा सक्रिय हुँदा नयाँ सदस्यता लिएर राजनीति सुरु गर्नुपर्ने उनको धारणा छ । राष्ट्रको अभिभावक भइसकेको व्यक्तिले कुनै पार्टीको नयाँ सदस्यता लिएर राजनीतिमा आउनु उपयुक्त नहुने पोखरेलको भनाइ छ ।
राष्ट्रपतिको संवैधानिक भूमिका फरक हुन्छ भन्ने कुरा नबिर्सन पोखरेलको आग्रह छ । दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने विषयलाई पार्टीको दशौँ महाधिवेशनले हटाइ सकेको पनि उनले जानकारी दिए । ७० वर्ष उमेरको हदबन्दी मुकुन्द न्यौपानेको पार्टी प्रवेशसँगै केन्द्रीय कमिटी सदस्य बनाउने सन्दर्भमा केन्द्रीय कमिटीको बैठकले एक मतका साथ स्थगन गरेको पनि पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता?
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी