काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।
पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल