देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, २३ जेठ २०८३, १४ : ३५
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर चहार्ने स्थिति बनिरहेको बताएका छन्।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको २४ औँ वार्षिक साधारण सभामा बोल्दै राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर पार्न नहुने बताए।

उनले भने, ‘यो संस्थाले थुप्रै व्यक्तिहरूलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गरेको छ, जीवनयापनमा यसले मद्दत पुर्‍याएको छ, रोजगारी प्रदान गरेको छ, र अझै पनि यसका सम्भावनाहरू राम्रा छन्। राज्यले रोजगारी सृष्टि गर्ने हो। रोजगारीका जुन–जुन सम्भावनाहरू छन् त्यसलाई प्रोत्साहित गर्ने हो।’

व्यवसायहरू फस्टाउनका लागि राज्यको नीति लचिलो हुनुपर्ने उनको भनाइ छ।

उनले थपे, ‘राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। तपाईँ हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौँतारिने गरेका छन्। देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर चहार्ने स्थिति बनिरहेको छ।