काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने बताएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामर्थ्य आफूहरुसँग नरहेको प्रस्ट पारे ।
‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’
मदन भण्डारीले ‘यी मनुवाहरुको कल्याण होला’ भनेर जबज प्रतिवादन नगरेको पनि ओलीले प्रस्ट्याए । ‘उहाँले आफू, आफ्ना संघर्ष, आफ्ना भोगाइ र आफ्नो देशको प्रोफाइल तयार गर्नुभयो । मेरो देश कहाँनिर छ, कस्तो छ, समस्या के छ भनेर पहिचान गरी त्यसको निदान गर्नुभयो,’ उनले भने ।
जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि