घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

सफल खबर संवाददाता

सोमबार, १५ असार २०८३, १५ : ५९
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

काठमाडौं । लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६.५४ अंक घटेरै बन्द भयो ।

यो कमीसँगै नेप्से २६३२ अंकमा कायम भएको छ । गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंक घटेको थियो ।

आज बजार दिनभरजसो रातो अंकमा रह्यो । मुख्यतः नयाँ कम्पनी ऐन २०८३ को मस्यौदामा सेयर हस्तान्तरण वा खरिद बिक्री गर्दा त्यस्तो सेयरमा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशतका दरले हस्तान्तरण शुल्क बुझाउने प्रस्ताव गरिएको विषयले पनि बजारलाई बढी प्रभाव पार्‍यो । यद्यपि यस्तो प्रस्ताव फिर्ता हुने सम्बद्ध पक्षले स्पष्ट पारिसकेका छन्।

प्रतिक्रिया दिनुहोस