काठमाडौँ । सर्बियाका राष्ट्रपति आलेक्सान्दार भुचिचले विगत डेढ वर्षदेखि जारी सरकार विरोधी आन्दोलनको दबाबपछि केही हप्ताभित्रै राजीनामा दिने घोषणा गरेका छन्।
सन् २०२४ मा नोभी सादमा १६ जनाको ज्यान जाने गरी भएको रेलवे स्टेसन दुर्घटनापछि राष्ट्रपति विरुद्ध देशव्यापी प्रदर्शन तीव्र बनेको थियो।
रजनीतिक विश्लेषकहरूका अनुसार भुचिचले राष्ट्रपतिको पद छाडेर आगामी संसदीय निर्वाचनमार्फत प्रधानमन्त्रीका रूपमा सत्तामा फर्कने रणनीति बनाएको आशंका गरिएको छ।
सर्बियामा विगत डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलनको तीव्र दबाबपछि राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्रै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
राजधानी बेलग्रेडमा आयोजित सरकारी पक्षको एक ठूलो र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्ता मात्र राष्ट्रपति पदमा रहने र त्यसपछि राजीनामा दिएर देशलाई मध्यावधि राष्ट्रपतीय तथा संसदीय निर्वाचनतर्फ लैजाने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०८३, १५ : ३८
लेखकबाट थप