काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो ।
यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन । आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।
होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहमा सुधार आएको छ ।
जीवन बीमा समूह सबैभन्दा धेरै ८९ अंकले बढ्दो उत्पादनमूलक समूहमा २७ अंकको वृद्धि देखिएको छ । यसैगरी, बैंक समूहमा १५ अंकको सुधार आएको नेप्सेले जानकारी दिएको छ । आज बजार सामान्य अंकले उकालो लाग्दा मेगा बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार
प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो