काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूले आज पनि अवरोध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सांसदहरूले अवरोध गरेका हुन् ।
सभामुखले सबै प्रतिपक्षी दलका एक-एक जनालाई बोल्न समय दिएका थिए । सोपश्चात् सबै सांसदहरू उठेर विरोध जनाइरहेका छन् । राप्रपाका सांसदहरू भने सिटमै बसेका छन् ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुरुमै बोलेर प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भर्त्सना गरेका थिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे सांसदहरुले उठाएको प्रश्नमा सभामुखले चासो देखाएका छैनन् । रुलिङ गर्ने विषयमा पनि मौन छन् । उनले सांसदहरुलाई बस्न मात्रै आग्रह गरिरहेका छन् । आफूले पेलेर संसद् चलाउन नचाहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले धाकधम्की दिएको भन्दै प्रतिपक्षी दलहरूको विरोध