काठमाडौं । सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब नाघेको छ । बुधबार बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो । त्यसयता ६ अर्बमुनि कारोबार रकम खुम्चिँदै आएको थियो ।
आज बजार परिसूचक नेप्से भने जम्मा ४.९९ अंक (०.१७ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७८२ अंकमा कायम भएको छ । १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.२७, विकास बैंक ०.१३, जलविद्युत् ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.७३ प्रतिशत बढे । अन्य ०.३०, उत्पादन तथा प्रशोधन ०.४३, होटल तथा पर्यटन ०.२४ र फाइनान्स ०.३८ प्रतिशत घटे ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत बढ्यो । यो कम्पनी हालै सूचीकृत भएको हो । त्यस्तै बुंगल हाइड्रोको १३.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ८.५२, आँखुखोला जलविद्युतको ३.९३ तथा माथिल्लो मैलुङखोलाको ३.५१ प्रतिशत मूल्य बढ्यो ।
आज मूल्य धेरै घट्नेमा डिवेन्चर रहेका छन् । त्यस्तै धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार