काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ ।
यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि शुक्रबार नेप्से २७ अंक बढेको थियो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । २४७ कम्पनीको मूल्य बढेको छ भने १८ को घटेको छ । त्यस्तै ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सूचक सबेभन्दा धेरै २.११ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० तथा व्यापार १.१५ प्रतिशत बढे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार