काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २७.८५ अंक (१.०० प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २७८६ अंकमा पुगेको छ । बजारको यो अंक वैशाख १४ यताकै उच्च हो ।
आज दिनभर बजार हरियो रह्यो । परिसूचक मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो ।
२३५ कम्पनीको मूल्य बढेको छ भने २८ को घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.५० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ जेठ २०८३, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट