काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ ।
सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो ।
दुई समूहका सूचक मात्रै बढेका छन् । बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेका हुन् । सबै सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो