काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ ।
आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिबेणीचोकमा प्रदर्शन गरेका हुन् ।
स्वःतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगिता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई बिश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’ लगायतका नारा चर्काएका थिए ।
पिडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै किशोरीले यौनजन्य हिंसा सम्बन्धी उजुरी गर्ने एक वर्षे हद म्याद संशोधन गर्न माग गरेका छन् । यौनजन्य हिंसा सम्बन्धी उजुरी दिने एक वर्षे हद म्यादले यौन हिंसामा परेका कैयौं महिला न्यायबाट वञ्चित हुने अवस्था देखिएकाले एक वर्षे हद म्याद संशोधन गर्नुपर्ने प्रदर्शनमा सहभागी अनिसा रम्तेलले बताइन् । किशोरीको विरोध कार्यक्रमलाई किशोरले पनि साथ दिएका थिए । उनीहरू यौनजन्य हिंसाका विरुद्धमा नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
कार्यक्रममा रम्तेल, कृष्णा आचार्य, राधा भट्टराई, शर्मिला परियार, एल्मीका राई, विष्णु उपरकोटी, घनश्याम ढकालले बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक