काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कुनै पनि देशका राजदूतहरुसँग सितिमिति भेट नगर्ने निति लिएका छन् । उनले औपचारिक रुपमा नेपालमा रहेका कुनै पनि देशका राजदूतसँग आफुले भेट नगर्ने बताएका छन् ।
उनले आफुसँग भेट गर्न चाहने राजदूतहरुलाई विषय केन्द्रीत मन्त्रालयका मन्त्रीमार्फत कुरा गर्न भनिदिन आफनो सचिवालयलाई निर्देशन गरेका छन् । सोही आधारमा बालेनले गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएयताको १० दिनमा कसैलाई पनि भेट नगरेको उनको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीले नेपालमा रहनुभएका कुनै पनि देशका राजदूतहरुलाई अफिसियल्ली भेट गर्नुभएको छैन । उहाँले त्यसरी भेट्ने कार्ययोजना बनाउनु पनि भएको छैन,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘केही राजदूतहरुले भेट्न खोजनुभएको थियो । तर प्रधानमन्त्रीको आग्रहमा सम्वन्धित मन्त्रालयका मन्त्रीमार्फत कुरा गर्न निर्देशन दिनुभएपछि उहाँसँग अहिलेसम्म कसैले पनि भेट गर्नुभएको छैन ।’
प्रधानमन्त्री नियुक्त भएका दिन राष्ट्रपति कार्यालय शित्तल निवासमा बधाई कार्यक्रममा सामान्य बधाई सुभकामनामा राजदूतहरु भेटिएपनि त्यसपछि प्रधानमनत्री शाहले राजदूतसँग कुनै कुराकानी समेत नगरेको उनको सचिवालयले जनाएको छ ।
केही दिन अगाडी भारतीय राजदूत नविन श्रीवास्तवले उनीसँग भेट्न प्रयास गरेका थिए । तर प्रधानमन्त्री बालेनले उनको भेटको उदेश्य अर्थमन्त्रालयसँग जोडिएको विषय भएको सन्देश पाएपछि अर्थमन्त्रीसँग भेट गर्न भनेका थिए ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयले भारतीय राजदूतलाई त्यही सन्देश प्रवाह गरेको उन नविन श्रीवास्तवले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेका थिए । ‘प्रधानमन्त्री ज्यू ले राजदूत भेटन चाहेमा अहिले आफुलाई नभेटाउनु भन्ने प्रष्ट सन्देश नै सचिवालयलाई छोडनु भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
बालेनले केही समय आफनो विदेश भ्रमणको तायरी नगर्न पनि परराष्ट्र मनत्रालयलाई निर्देशन गरेको बुझिएको छ । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि कुन प्रधानमन्त्रीले पहिले कुन देशको भ्रमण गर्ने चर्चा हुने गरेको थियो । तर उनले आफु अहिले कुनै देशको भ्रमणमा नजाने भएकाले त्यस अनुसारको तयारी गरिरहन नपर्ने सन्देश परराष्टलाई पठाएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?