उषा खड्गीको जाहेरीपछि पूर्वपती जीपी तिमल्सिना प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०८२, २० : ११
उषा खड्गीको जाहेरीपछि पूर्वपती जीपी तिमल्सिना प्रहरी नियन्त्रणमा

काठमाडौँ । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् ।

अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ ।

सोही प्रकरणमा अनुसन्धानको लागि तिमल्सिनालाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता एवं (डिएसपी) प्रकाश जगेवुले जानकारी दिए । तिमल्सिना खड्गीका पूर्वपति हुन् ।

(डिएसपी) जगेवुका अनुसार जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस