काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई आगामी एक साता संसद् बैठकमा अनुपस्थित हुने भएका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले विशेष कामको कारण देखाउँदै संसद् सचिवालयलाई आफ्नो अनुपस्थितिको जानकारी गराएका हुन् ।
उनले सभामुखको निजी सचिवालयमा दर्ता गराएको पत्रअनुसार, चैत २३ गतेदेखि ५ देखि ७ दिनसम्म प्रतिनिधिसभा र समितिका बैठकमा उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ । पत्र अनुसार नै उनी सोमबारको बैठकमा उपस्थित भएनन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ बमोजिम उनले आफ्नो अनुपस्थितिबारे सभामुखलाई पूर्वजानकारी गराएका हुन् । सांसद राईले आफ्नो दल श्रम संस्कृति संसदीय दल, सिंहदरबारलाई पनि यसको बोधार्थ दिएका छन् ।
पत्रमा गते ठिक भए पनि उनले साल भने दुई वर्ष अगाडि अर्थात् २०८० राखेका छन् । उनले स्वयम् सामाजिक सञ्जालमा सार्वजनिक गरेको छुट्टीको पत्रमा मिति गलत भएको देखिएको हो । उनले उक्त पत्र सार्वजनिक गर्दै मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘धेरै फण्डा नगर्नु । अरु जस्तो होइन म । जय संसद ।’
यसरी अरुलाई होच्याएर गाली गर्दै प्रश्न गर्ने सांसद राईले भने मितिसम्म थाहा नपाएको भन्दै उनको सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
'सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’: हर्क साम्पाङ
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’: हर्क साम्पाङ
पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्