काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।
कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
उनले भने, ‘उपसभामुखमा हाम्रो दाबी हुन्छ। तर, अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।’
उपसभामुखमा नेकपासहित कांग्रेस, श्रम संस्कृति र राप्रपाको पनि दाबी छ। सभामुखमा भने रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’