काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् ।
यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ ।
माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती