काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् ।
यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ ।
माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल