काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए ।
‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए ।
‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने । अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।
‘।।सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ’, ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता