प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ हुने

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १४ : २०
प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ हुने


 काठमाडौं ।. संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो।

बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए।उनले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालाहरुलाई जारी गरिने जानकारी दिए।सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताए। ‘भोलिदेखि सूचना जान्छ’, उनले भने, ‘१० दिनपछि सुनुवाइको काम प्रारम्भ गर्नेछौँ।’ 

प्रतिक्रिया दिनुहोस