केही मन्त्री परमादेशबाट झुक्किएर पावरमा पुगेका छन्–ओली

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १४ : २५
केही मन्त्री परमादेशबाट झुक्किएर पावरमा पुगेका छन्–ओली

काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरू परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए ।शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए। 

उनले भने, ‘खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरू पनि झुक्कल पुक्कल परमादेश जारी भएका बखत पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेहरूमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयनको वास्ता गर्दैन । मै सबथोक छु, मै शक्तिशाली छु भन्ने ठान्छ । त्यसरी उसले अहंकार देखाउँछ । 
लोकतन्त्रमा परमादेशी सरकारबाट निस्किएका ऐँजेरुहरू यस्तै हो । त्यसैले हामीले सही प्रतिनिधिहरू ल्याउनुपर्छ( चुनावबाट । त्यस्ता पात्रहरू चुनावसँग डराउँछन् । ’

अध्यक्ष ओलीले अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला भएको पनि टिप्पणी गरे । उनले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको आरोप पनि लगाए । 

 

प्रतिक्रिया दिनुहोस