पोखरा पुगे एमाले अध्यक्ष ओली

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १५ : ०३
पोखरा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा पुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ ।एमालेले स्थानीय तह निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस