अवैध लागुऔषध र पेस्तोलसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १४ : ३७
अवैध लागुऔषध र पेस्तोलसहित तीन जना पक्राउ

 काठमाडौं । बाँकेको खजुरा गाउँपालिका(१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका(१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका(२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका(१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् । 

उनीहरूको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस