एकीकृत समाजवादीको पहिलो पोलिटब्युरो बैठक जारी

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १४ : २२
एकीकृत समाजवादीको पहिलो पोलिटब्युरो बैठक जारी

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी०को पोलिटब्युरो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको यो पहिलो पोलिटब्युरो बैठक हो ।  

बैठकमा पार्टी समसामयिक राजनीति र एमसिसीको बारेमा छलफल हुने बताइएको छ । बैठकलाई अहिले अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् । एमसिसी पास गरेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले विरोध गरेका थिए ।

खनालको विरोधलाई पनि पार्टीको बैठकमा उठाएर छलफल हुने एक नेताले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस