सत्ता गठबन्धन आगामी चुनावसम्मै जान्छ: प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : १४
सत्ता गठबन्धन आगामी चुनावसम्मै जान्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताए ।शुक्रबार माओवादीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।उनले भने, ‘एमसिसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अन्त्य भएको छ । अब यो गठबन्धन चुनावसम्मै जान्छ ।’

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनपछि माओवादीभित्र विवाद चुलिएको छ । केन्द्रीय समितिको बैठक अहिले जारी नै छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो । 

एमसिसी अनुमोदनपछि असन्तुष्ट रहेका नारायणकाजी श्रेष्ठलगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । 

अध्यक्ष प्रचण्डले असन्तुष्ट रहेका नेताहरूप्रति संकेत गर्दै आफ्नो बाटो लागे हुन्छ भनेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ ।  बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् । सबैलाई आग्रह गरेको छ।   

प्रतिक्रिया दिनुहोस