काठमाडौं । नेकपा (एमाले)ले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।
केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
यस्तो छ पदाधिकारीको कार्यविभाजन
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता