काठमाडौँ । नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आजदेखि सुरु हुँदैछ ।
कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओली बिहान ११ बजे बबरमहलमा उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव महेश बस्नेतले जानकारी दिए ।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको बस्नेतले बताए ।
संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीको रुपमा लिइएको कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ ।
कार्यशालामा संगठन विभागका प्रमुख भानुभक्त ढकाल तथा सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले कार्यपत्र प्रष्तुत गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत