काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी चार मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश सरकारको पुनर्संरचना र मन्त्रालय संख्या घटाउने तयारीबीच मन्त्रीहरूको बहिर्गमन भएको हो।
मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष बुधबार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी ले सामूहिक रूपमा राजीनामा पेश गरेका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले उक्त राजीनामाहरू स्वीकृत गर्दै पदावधिका क्रममा मन्त्रीहरूले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्।
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रालय पुनर्संरचनाको विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।
प्रदेश सरकारको पुनर्गठन र सत्ता साझेदारीसम्बन्धी छलफल जारी रहेका बेला एमालेले आफ्ना तर्फबाट मन्त्री परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार मुख्यमन्त्री आचार्य भने पदमै कायम रहनेछन् भने एमालेको कोटाबाट नयाँ मन्त्री चयनबारे आन्तरिक परामर्श भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै