घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारु छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान