काठमाडौँ । नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेका हो । एमाले नेताहरुका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेले पाएका छन् भने प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठले पाएका छन् ।
त्यसैगरी वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज भएका छन् । आइतबारको बैठकले केही नेताहरुको कार्यविभाजन समेत गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।
त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारी र स्कुलमा विभागको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भएका छन् । युवा नेता योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारीमा पुगेका छन् ।
त्यसैगरी ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान,युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय,रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा,विष्णु पौडेल पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ संसदीय अनुगमन, सुरेन्द्र पाण्डे राजकीय मामिला र विष्णु रिमालले आर्थिक लेखाकोे जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ पदाधिकारी र केन्द्रीय कमिटी १९९ मा झार्ने प्रस्ताव
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमालेले बोलायो सचिवालय बैठक
एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निचोडसहित यस्ता छन् संगठन विभागका निर्णय
संघीय मामिलामन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न एमालेको माग
एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज