दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन ।
छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ ।माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत