संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, १६ : ०७
संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आजदेखि संविधानविद् तथा कानुनविद्हरूसँग औपचारिक छलफल थालेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल प्रारम्भ गरेको हो।

छलफलका क्रममा सहभागी विज्ञहरूले संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस