पाटन (ललितपुर) । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए। “सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्” उनले भने ।
महामन्त्री पौडेलले सुकुमबासीलाई हटाउनु हुँदैन भन्ने काँग्रेसको धारणा नभएको र सबै सुकुमबासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ । ११:०० बजे बोलाइएको बैठक दिउँसो १:०० बजेदेखि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसक्दा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँः काँग्रेस महामन्त्री पौडेल
निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छः महामन्त्री पौडेल
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
आजको निर्णयले देशभर नयाँ तरंग ल्याउँछ: महामन्त्री पौडेल