काठमाडौँ । कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पिप्ररहवामा सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा परी महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ बैशाख २०८३, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते