कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, ०८ : ४४
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ। 

कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा तर्फ आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उनको उपचारको क्रममा शनिवार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिप र जिप चालक भजनी नगरपालिका–५ बस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस