काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ।
आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले सरकारले संसद्को अधिवेशनबीना जानकारी फेरि स्थगित गरेर अध्यादेशको बाटो रोज्न खोजेको आशङ्का व्यक्त गरे।
उनले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थापित भएको हामीले समाचार पायौँ । एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन । त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन ।’
उनले सरकारले संसद् छलेर अध्यादेश ल्याए संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्ने बताए।
उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘जनताको चुलो, सामान्य नागरिकहरूको दैनिक जीवन प्रभावित भएको अवस्थामा सरकारले नागरिकहरूको प्रतिको दायित्वलाई महसुस गर्दै बजारमा रहेका कृत्रिम अभाव र मूल्य वृद्धि भने पनि यसलाई कडाइका साथ अनुगमन गर्ने, जनताको जीवनलाई सहजता प्रदान गर्ने कुरामा सरकारको ध्यानाकर्षण हामी गराउन चाहन्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस