सल्यान । सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप वडा नम्बर १२ को पुथाला भित्री सडकमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ७८ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको छ । उनीहरूलाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूलाई मेहलकुना अस्पताल सुर्खेत र जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार गरेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते