चितवन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा र शीघ्र बहिर्गमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शनिबार बिहान पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश स् शीघ्र राजीनामा देऊ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता स् न्यायालयको शुद्धीकरण, न्यायालय दूषित भो स् शुद्धीकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरू कृष्ण कँडेल र लीला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरू कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौँ अधिकारकर्मीहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन
हेटौँडामा पनि जेनजीको प्रदर्शन
कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकले गरे प्रदर्शन
बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ
प्यालेस्टाइन र इरानमाथिको हमलाविरुद्ध माओवादी र नेकपा एससहित १२ दलले काठमाडौँमा प्रदर्शन गर्ने
केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ