चितवन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा र शीघ्र बहिर्गमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शनिबार बिहान पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश स् शीघ्र राजीनामा देऊ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता स् न्यायालयको शुद्धीकरण, न्यायालय दूषित भो स् शुद्धीकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरू कृष्ण कँडेल र लीला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरू कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौँ अधिकारकर्मीहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन