ग्लास्गो । संसारका दुई ठूला कार्बन उत्सर्जक मुलुकहरु चीन र अमेरिकाले जलवायु संकटविरुद्ध सहकार्य गर्ने भएका छन् । मिथेन ग्याँस उत्सर्जनलाई घटाउने, वन संरक्षण गर्ने र इन्धनको खपतलाई रोक्ने विषयमा सहकार्य गर्ने उनीहरुको भनाइ छ ।
ग्लास्गोमा भैरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप(२६० अन्तर्गत संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले ठोस योजनासहित जलवायु परिवर्तनविरुद्धको लडाइमा दोब्बर प्रयत्न गर्ने सहमति गरेको जनाएका छन् ।
यी दुई ठूला कार्बन उत्सर्जक मुलुकहरुले सन् २०२० को जलवायु योजना, सन् २०१५ को पेरिस सहमतिको कार्ययोजनामा टेकेर सन् २०२५ भित्र व्यापक मात्रामा कार्बन उत्सर्जनमा कटौती गर्ने उनीहरुको योजना छ ।
साथै उनीहरुले डिकार्बोनाइजेसन, मिथेन उत्सर्जनलाई घटाउने र वन फँडानीलाई रोक्नको लागि ठोस काम गर्नको लागि आह्वान गरेका छन् । ‘अहिलेको प्रयत्न र पेरिस सहमतिको लक्ष्यबीच भिन्नता देखिएकाले दुबै मुलुक मिलेर जलवायु परिवर्तनविरुद्ध लड्ने सहमती भएको हो’ चीनका जलवायु दूत जी जेनहुआले भने ।
राजदूत जीका अनुसार दुबै मुलुकहरुले यस दशकको अन्त्यसम्म ठोस कार्यक्रम बनाएर जलवायु योजनालाई अघि बढाउने तथा कोप-२६ सम्मेलनमा विगतको पेरिस सहमतीका बुँदालाई पनि पुनःसमीक्षा गर्ने सहमती भएको छ ।
सन् २०१५ मा पेरिस सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रम १।५ देखि २ डिग्रीसम्म सीमित गर्ने सहमती भएको थियो । यस्तो सहमती जुटाउन विगत १० महिनादेखि चीन र अमेरिकाले ३० वटा भर्चुअल बैठक आयोजना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ कार्तिक २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल