चितवन । चितवनमा अवैध रूपमा भर्चुअल वा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ०१ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. १० बस्ने २४ वर्षीय बुद्धिसागर भुषाल रहेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनबाट खटिएको प्रहरी टोलीले जेठ १८ गते बेलुका अन्दाजी ७:४५ बजे (१९:४५ बजे) उनलाई फेला पारेको थियो। कानुन बमोजिम खानतलासी गर्दा भुषालले विद्युतीय उपकरण (मोवाईल) को प्रयोग गरी 'बाइनान्स' (Binance) एप्लिकेसन मार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ जेठ २०८३, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ